काठमाडौँ, १७ माघ । माछापुच्छ्रे बैंकले सीजी डिजिटलका आउटलेटमा छुट अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ छुट योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस अफरमा बैंकका ग्राहकले देशभर रहेका सीजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस अफर फागुन १५ गते सम्म मात्र कायम रहनेछ ।
साथै, माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले ० प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।





