खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नुपर्छ : मन्त्री गिरी

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिकार्यसम्बन्धी राष्ट्रिय समीक्षा गोष्ठीमा उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा सङ्घसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबै मिलेर खोप अभियानलाई शतप्रतिशतमा पुर्‍याउनुपर्ने बताए । 

अहिले कोरोनाविरुद्धको खोपलक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले पहिलो मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै, कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्री गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउन प्रयासमा सरकार लागिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए । 

“स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् । गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,” उनले भने, “जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउने गरी हामी भविष्यमा आउँछौँ ।” मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । 

“खोपका सन्दर्भमा आमजनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुप¥यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ,” उनले भने, “प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।” मन्त्री गिरीले सबै बालबालिकाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने भनाइ राखे । “जन्मेको बच्चाको अभिलेख अस्पतालमा हुने भइहाल्यो । तर, अझै पनि गाउँघरमै सुत्केरी गराउने चलन पनि छ । जसकारण बच्चाहरु खोप लगाउन छुटेको अवस्था छ ।  नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुप¥यो,” उनले भने, “पहिलो खोप लगाएको एउटा बच्चाले दोस्रो खोप लगाएन भने तपाईँको बच्चा किन आएन भनेर अभिभावकलाई फोन गर्न के गाह्रो छ ?”

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले लक्षित समूहलाई बुस्टर डोज लगाउने भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट