एमालेका युवा ‘सैद्धान्तिक र वैचारिक’ रुपमा धारिलो हुनुपर्छः नेता बस्नेत

जनकपुर, १६ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमा आवद्ध रहेका विभिन्न संगठनका सम्पूर्ण युवा सैद्धान्तिक र वैचारिक रुपमा धारिलो हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेष प्रदेशले आज जनकपुरमा आयोजना गरिको प्रदेश कमिटी बैठक तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका युवा संगठनहरुको कार्यभार भनेको नै संगठन विस्तार गर्ने, अध्ययन, संगठन निर्माण, पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्ताको सहभागिताको साथमा सामाजिक न्यायको पक्षमा अगाडी बढ्नुपर्नेमा उल्लेख गर्नुभयो । नेताको चाकरी, उपहार र नेतालाई उपहार दिएर नेता बन्ने अबका दिनमा कल्पना नगर्न युवा संघका नेता तथा कार्यकर्तालार्ई आग्रह गर्दै सामाजिक न्यायका आन्दोलनलाई युवा संघका नेता तथा कार्यकर्ताले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेका युवा संगठनहरु सैद्धान्ति र वैचारिक रुपमा धारिलो बनाउनुपर्ने छ ।अध्ययन, संगठन निर्माण, पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्ताको सहभागिता अनिवार्य बनेको छ । नेताको चाकरी, उपहार र नेतालाई उपहार दिएर नेता बन्ने अबका दिनमा कल्पना गर्नु हुँदैन । सामाजिक न्यायका आन्दोलनलाई युवा संघका नेता तथा कार्यकर्ताले नेतृत्व गर्नुपर्छ । राजनीतिमा त्याग र लगनशिलता अपरिहार्यता रहेको छ । युवा आन्दोलनलाई रचनात्मक, सामाजिक न्याय, समृद्धि र विकासको नेतृत्व युवाले गर्नुपर्छ । चर्चामा आउने प्रकारका गतिविधिहरु गर्नु युवामा कुनै अर्थ छैन । नेतृत्व विकास, संगठन निर्माण, क्षमता विकास, रचनात्मक, शिर्जनशिलता र लगनशिलता भएका युवा मात्र दिर्घकालीन रुपमा अगाडी बढ्न सक्नेमात्र नभई आगामी दिनमा युवा आन्दोलनको मुख्य अभिभारा हो । त्यसैले एमालेका नेता तथा कार्यकर्ता पद, पैसा र प्रतिष्ठाको लागि लाग्नु नहुने इमान्दारीता हुनुपर्छ । युवा संघले आगामी दिनमा नयाँ नेतृत्व चयन गर्दा यसमा विशेष ध्यान दिओस् ।’

एमालेका युवाहरुले आधुनिक सूचनामा प्रविधिलाई विशिष्ठ ढंगले प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले एमालेका हजारौं राम्रो कामहरुलाई जनताको माझमा जानकारी नदिँदा अरुले त्यसको फाईदा लिइरहेको बताउनुभयो । व्यापारी, बुद्धिजीवि, विद्यार्थी, युवाहरु एमाले बन्न तयार रहेको तर त्यसको नेतृत्व युवा संघ तथा अनेरास्ववियुले गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘एमालेले ग्याप छोडेकोले अरुले फिल इन्द व्ल्याङ्क गरिरहेका छन् । जहाँ रवि लामिछाने, बालेन्द्र शाहजस्ता व्यक्तिहरुले फाइदा लिइरहेका छन् । अब युवा संघ तथा अनेरास्ववियुलगायतका संगठनहरुले त्यस्तै प्रकारका खाली ठाउँहरु राख्नु हुँदैन । जनतालाई दलप्रति वितृष्णा हुने नभई एमालेप्रति जागरुक हुनेप्रकारका कार्यहरु नियमित रुपमा गर्नुपर्छ ।’

एमालेकै कारण जातीय, क्षेत्रीय तथा धार्मिक जस्ता माग राख्नेहरु अहिले समाप्त हुँदै गएको स्मरण गर्दै उहाँले मधेषका विकासको लागि एमाले मेरुदण्ड भएको दावी गर्नुभयो । मधेषमा कोशी मरिन डाइभर्षन, भेरी बबई सिँचाई आयोजना, विभिन्न ठूला ठूला सडक, व्यवस्थित वसोवास, आँधी हुरी आउँदा जनताको सुरक्षाको लागि एमाले नै आवश्यक रहेको उल्लेख गर्दै उहाँले एमालेले गरेको विकास र समृद्धिको नेतृत्वकै कारण मधेषमा अहिले एक नं. एमाले भएको बताउनुभयो । मधेषमा एक नं. पार्टी एमाले भएता पनि आगामी दिनमा अझ बढी जनमुखी कार्यहरु गरी बहुमत प्राप्त पार्टी बनाउने गरी राष्ट्रिय युवा संघ लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजकीय पदमा एमालेका युवाहरुले पदहरु प्राप्तीको लागि लाग्नुपर्ने सोच्नु गलत भएको उल्लेख गर्दै उहाँले जनताको चाहनालाई पुरा गर्ने सोच्नुभन्दा पनि लाभको लागि नेता कार्यकर्ता लाग्नु नहुने तर्क प्रस्तुत गर्नुभयो । समाज रुपान्तरणको लागि नयाँ नेतृत्व खोजिरहेता पनि एमालेका युवा अगाडी बढ्नुपर्ने उल्लेख गर्दै उहाँले युवाको चाहना रवी तथा वालेन जस्ता पात्रहरुको उदयलाई रोक्न युवा संघले जनपक्षीय कार्य गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सञ्जिव झा, संघका उपाध्यक्ष सिता सुवेदी, महासचिव क्षितिज थेवेलगायतका संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले