सिरहा मझौरामा प्रहरीको छापा: नौजना पक्राउ

सिरहा, १६ माघ । सिरहा नवराजपुर गाउँपालिका २ मझौराबाट प्रहरीले ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मार्दा पक्राउ गरिएको हो । प्रहरीका अनुसार २८ ग्रामसहित ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।