प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

आज बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका छन् । मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।

सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, २८ जेठ । २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल ।  मेष : आज महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर

काठमाडौँ, २७ जेठ । झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित जङ्गलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।