राष्ट्रपतिमा रस्साकस्सी : सत्ता समीकरण हेरफेर हुन सक्ने

काठमाडौँ, १६ माघ । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

सो छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आफ्नो प्राथमिकता रहेको भन्दै सहमतिबाटै आगामी राष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले भने एमालेले राष्ट्रपतिमा आफ्नो दाबी नछाड्ने भन्दै सत्ता समीकरणको सुरुवात हुँदा नै सो सहमति भएको प्रधानमन्त्री प्रचण्डलाई सम्झाएका थिए । ‘पछिल्लो समय राष्ट्रपतिको विषयलाई लिएर ओली र प्रचण्ड एकअर्काबीच सशंकित हुन थालेका छन्,’ स्रोत भन्छ ।

केही समययता माओवादी केन्द्रभित्र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने र एमाले इतरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ । गत शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्ड पनि त्यही लाइनमा छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित जङ्गलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।

काठमाडौँ, २७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै

काठमाडौँ, २७ जेठ । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार

काठमाडौँ, २७ जेठ । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आजदेखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुँदै