संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव

काठमाडौँ, १५ माघ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ ।

आज सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् । शाही भन्छन्, ‘हाजिर गर्ने र हिँड्ने माननीयलाई रोक्न पनि यो आवश्यक छ ।’

सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ । भन्छन्, ‘यसरी पनि हामी माननीयहरुलाई सिस्टममा हिँडाउनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति