बागलुङ बडिगाडकी महिलाको गुल्मीमा हत्या

बलेवा, १५ माघ । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

५८ वर्षीया शेरचनले न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

“घटना हत्या भएको हाम्रो आशङ्का छ,” रानाभाटले भने, “अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।” अविवाहित उनले एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए । शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । 

गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा