मेयर बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भए : सुमन सायमी

काठमाडौँ, १५ माघ । सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाउनुभएको छ ।

महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताउनुभयो । मेयर बालेन साहलाई सच्चिन आग्र गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको भन्दै आक्रोस जनाउनुभयो । महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिनुभयो । यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक भन्दा गर्न मेयर बालेनलाई आग्रह गर्नुभयो । निजी सम्पत्तिमा डोजर प्रयोग गर्दा कानुनी र संवैधानिक अधिकार सुनिश्चित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं । अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं । यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पु¥याएको भन्ने महसुस गर्नुपर्योण । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ । महानगरपालिका चलाउन महानगरबासीले ट्याक्स तिरेका छौं । हामीलाई सुविधा दिएन भने हामी ट्याक्स पनि तिर्दैनौं’ सायमीले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी