पवित्र थलो लुम्बिनीमा बसेर अपवित्र कर्म नगर्नूस्ः मन्त्री किराँती

काठमाडौँ, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पवित्र थालो लुम्बिनीमा बसेर अपवित्र काम नगर्न कर्मचारीलाई चेतावनी दिनुभएको छ ।

आईतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभयो । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन। मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु। विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ । लुम्बिनीमा गाउँहरु ल्याएर चराइन्छ रे त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्। गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ । यति ठूलो जिम्मेवारीमा राज्यले पत्याएर लुम्बिनी विकास कोषमा काम गर्न पठाएको छ। लुम्बिनी विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन छैन ?’

गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको उल्लेख गर्दै मन्त्री किराँतीले कर्मचारीहरुलाई नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारीहरुले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन। हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने ? लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भीर हुनुहोला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति