पोखरामा जलेर दुई जना घाइते

कास्की, १५ माघ । पोखरामा जलेर दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाका दुई जना जलेर घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ । गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आगो लागेका पुरुषलाई बचाउन जाँदा पुरुषकी घरबेटी समेत रहेकी महिला घाइते भएकी विवरण प्राप्त भए पनि आत्मदाहको प्रयास भएको वा अरु केही हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले