दमकको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति

झापा, १५ माघ । दमक–६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।

विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे। आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् । 

उहाँका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति भएकाे थियाे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ असार । २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि ।