ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

दैलेख, १५ माघ । जिल्लाको नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेकाे भे २ त १४७८ नम्बरको  ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको मृत्यु भएको हाे । 

ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो । ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खाजी भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति