सीता एअरले टरीगाउँमा हप्ताकाे एक पटक उडान भर्ने

दाङ, १४ माघ । सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने भएको छ ।

हिजाे टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ-काठमाडौँ उडान भर्ने जनाएको छ । हिजाे दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भरेकाे थियाे । लामो समयको प्रयासमा यस विमानस्थलमा निजी विमान कम्पनीले परीक्षण उडान भरेकाे हाे । 

उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने छ । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने बताइएको छ । अहिले दाङबाट काठमाडौँको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank