‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

काठमाडौँ, १४ माघ । नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काठमाडौँबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो ।

गत जेठ २ गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरहवा आउने बताएका थिए । श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो ।

विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरहवा–आबुधाबीका लागि बिज एयरवेजले सातामा तीनवटा उडान गर्नेगरी प्रक्रिया थालिसकेको त्यतिबेलै बताएका थिए । तर अहिले ‘बिजनेस’ अभावको कारण देखाउँदै बिज एयरवेज पछाडि हटिसकेको छ ।

भैरहवाबाट उडान गर्न आतुर रहेका भनिएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एकाएक किन पछाडि हटिरहेका छन् त ? यसको जबाफ न प्राधिकरणसँग छ, न सरकारसँग । बरु यसअघि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरवेजसमेत भैरहवाबाट काठमाडौं नै फर्किएको छ । चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्स पनि फर्केर काठमाडौं गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार