चारजना जूवाडे पक्राउ

भक्तपुर, ८ माघ । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको शैलुङ्गेश्वरदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएको हो । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी