सेञ्चुरी बैंकको लाभांस घोषणा

काठमाडौँ, १५ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुन आउने रकम द्धछ,घड,ज्ञण्,टडट।ढछ(अक्षरेपी पैंतालीस करोड अड्तीस लाख १० हजार छ सय ८६ रुपैयाँ ९५ पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने रकम रु. २,३८,८४,७७३/- (अक्षरेपी दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रुपैयाँमात्र) बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंक र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ । जस अनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्त भित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका