मोटरसाइकल रूखमा ठोक्किँदा दुईजनाको मृत्यु

चन्द्रौटा, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुईजनाको ज्यान गएको छ ।

बाणगंगा नगरपालिका–२, पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक बाणगंगा–२ निवासी २५ वर्षीय रमेश विक र त्यसमा सवार २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ । आज

काठमाडौँ, १४ असार । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ, १४ असार । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ ।

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय