नदीमा डुबेर बालकको मृत्यु

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा कृष्ण रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल, सुखड लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्