सिरहा, १८ साउन । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाजगर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको थियो । प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।





