उद्योगीले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत

धनुषा, १८ साउन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरुले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताउनु भएको छ । 

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औधोगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गर्नुभयो । औधोगिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ऐन कानुनमा सुधार गरेर मधेस प्रदेशमा उद्योग स्थापना गर्ने वातावरण प्रदेश सरकारले तयार गर्न भएको प्रतिवद्धता जनाउनु भयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘उद्योगीहरुबाट आएका सल्लाह र सुझावहरूलाई आउने दिनमा प्रदेश सरकारले सहज र सकरात्मक रुपमा लिनेछ, हामी त्यसलाई कसरी उद्योगीहरुको हितमा काम गर्ने पहलकदमी शुरु गर्दैछौ । जग्गाको स्वामित्व प्राप्तिको सम्वन्धमा,वा चाहे अन्य संघिय सरकारबाट पाउनुपर्ने सहयोगको सवालमा प्रदेश सरकार अगाडी बढेर उद्योगीहरुका समस्या समाधान गर्नेछ । प्रदेश सरकारले बनाएका ऐन, नियमावली र प्रदेश सरकारले गर्न खोजेको लगानीको वातावरण सम्वन्धि योजनाहरु सम्वन्धमा वीरगञ्जमा विभाग गठन गरेर ३ दिनभित्र उद्योग स्थापना गर्न दर्ता गर्नसक्ने व्यवस्था मिलाउँदै छौ । सरकारले उद्योगलाई सुविधा दिँदा देशको संविधान ऐन कानुनकै अधिनमा रहेर दिने हो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।  आज

एजेन्सी, १७ असार । भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको दायरा सरकारी अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखिएको

काठमाडौँ, १७ असार । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा