मोरङ, १७ साउन । मोरङ १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
प्रहरीका अनुसार उनलाई बलात्कार गरेको आरोपमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई आज बिहान पक्राउ गरेको छ ।
सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





