काठमाडौँ, १६ साउन । आज नेप्से परिसूचक १.१५ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशतले बढेर २१९६.२५ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबारमा आएका २१७ वटा धितोपत्र तथा ऋणपत्रको एक करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयरको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७१ रुपैयाँ कायम भएकाे छ ।
दोस्रोमा सिटिजन्स म्युचुअल फण्डको इकाइ मूल्य ६.४५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ९० पैसा कायम भएको छ । यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा स्वाभिमान लघुवित्त र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.२१ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ४.७१ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः एक हजार ७६५ र ४८६ कायम भएको छ ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ३८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६७ प्रतिशतले बढेको हो ।






