दाङमा गोली चल्यो, एक जनाको मृत्यु

दाङ, १४ जेठ । दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको मृत्यु भएको हो ।

घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पड्किएको प्रहरीको भनाइ छ ।

प्रहरीले लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ परेका गरेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति