६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस

काठमाडौँ, ५ बैशाख । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् ।

देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन् । उनीहरू कुनै हालतमा केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगन्ज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन । भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन् ।

यसैगरी वीरगन्ज महानगरपालिकामा पनि कांग्रेस प्रमुख पद छाडेर अरू दलसँग तालमेल गर्ने पक्षमा छैन भने काठमाडौं महानगर कांग्रेससमेत ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका नेतृत्व छाडेर अन्य दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैन । यस्तै, पोखरा र विराटनगर महानगरमा पनि कांग्रेस स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असार । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति

काठमाडौँ, ३ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा