मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

काठमाडौँ, ४ बैशाख । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ ।

अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो । यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय