चीन र कम्बोडियाले सैन्य सम्झौतामा हस्ताक्षर

बेइजिङ, ४ बैशाख (जेएन) । चीन र कम्बोडियाली सेनाले संयुक्त राज्य अमेरिकासँग बढ्दो प्रतिस्पर्धाको बीचमा क्षेत्रीय सुरक्षा सम्बन्धलाई गहिरो बनाउने प्रयासमा बेइजिङसँग एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा ब्लुमबर्गलाई उद्धृत गर्दै बिहीबार भिडियो कलमा दुई सेनाका ग्राउन्ड फोर्सका वरिष्ठ कमाण्डरहरूले सम्झौतामा हस्ताक्षर गरे भनी बताएका हुन् । यद्धपि उनले सम्झौताको विवरण भने खुलाएनन् ।

चीन र कम्बोडिया घनिष्ट छिमेकी र इरनक्लड मित्रहरू हुन्, ” वरिष्ठ कर्नेल वु छियानले ब्लूमबर्गलाई भनेका थिए। “हालैका वर्षहरूमा, रणनीतिक सञ्चार, संयुक्त अभ्यास र प्रशिक्षण, आदानप्रदान र कर्मचारी प्रशिक्षण लगायतका विभिन्न क्षेत्रमा दुई सेनाबीच व्यावहारिक सहयोग अझै गहिरो हुँदै गएको छ,” उनले भने। सम्झौतामा पीपुल्स लिबरेसन आर्मी ग्राउन्ड फोर्सका कमाण्डर जनरल लिउ झेन्ली र रोयल कम्बोडियन आर्मीका डेपुटी कमाण्डर-इन-चीफ जनरल हुन मानेटले हस्ताक्षर गरेका थिए, ब्लूमबर्गले रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय