स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य छः महासचिव पोखरेल

काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य हुने दावी गर्नुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनलाई लक्षीत गर्दै उहाँले उक्त पाँच दलीय गठबन्धन राजनीतिक नभई स्वार्थको मात्र भएको बताउनुभएको छ । गठबन्धनभित्र निर्वाचनको लागि भागबण्डामा समस्या उत्पन्न भइरहेको उहाँको दावी रहेको छ । हिजो माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बढी भाग खोजेकै कारण गठबन्धनभित्र समस्या उत्पन्न भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

सोही अभिव्यक्तिलाई लक्षित गर्दै महासचिव पोखेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको अवसान दुःखद हुनु अनिवार्य छ । गठबन्धनबीचको खटपटले त्यही संकेत गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी

काठमाडौँ, ३० जेठ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार

काठमाडौँ, ३० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको