एमसीसी पारित नगरे नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकी चेतावनी

काठमाडौँ, २८ माघ । संयुक्त राज्य अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लीले नेपालका सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई टेलिफोन गरी यस्तो चेतावनी दिनुभएको हो । अमेरिकी सहायक विदेशमन्त्री लीले हिजो बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै फोन गरी एमसीसी सम्झौता संसदबाट पारित गर्न आग्रह गर्नुभएको हो ।

त्यसो हुन नसके नेपाल र अमेरिकाबीचको सम्बन्धमा आउने दरारबारे पनि स्मरण गराउँदै उहाँले अमेरिका नेपालसँगको सम्बन्ध पुनर्विचार गर्न बाध्य हुने चेतावनी पनि दिनुभएको बुझिएको छ ।

अमेरिकाले सम्झौतामा पुनरावलोकन वा संशोधन नहुने प्रष्ट पार्दै अमेरिकी सहायक विदेशमन्त्री लिले सम्झौता संसदबाट पारित नभए चीनको हस्तक्षेपको रुपमा बुझ्ने समेत चेतावनी दिनुभएको छ । अमेरिकाले फागनु १६ गतेभित्र सम्झौता पारित गर्न अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।