नेप्से परिसूचक ५.७३ अङ्कले घट्यो

काठमाडौँ, १७ बैशाख । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो । आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ९ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कुल कम्पनीमध्ये ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा बढी नाफा कमाउनेमा श्रीनगर एग्रोटेक इन्डिष्ट्रिजरहेको छ, जसको सेयर मूल्य १२.५७ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज १०.३८ प्रतिशत गुमाउनुबाहेक अन्यमा दोहोरो अङ्कको उतारचढाव देखिएन । 

समूहगत रूपमा हेर्दा आज बैंकिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै समूह घटेका छन् । कुनै पनि समूहमा एक प्रतिशत भन्दा बढीको उतारचढाव देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर