तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको घोषणा

एजेन्सी, १६ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ । 

लामो समयदेखि चर्चामा रहेको यो निर्णय यही मे १ तारिख अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको छ । युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल बजार दुवैमा असर पार्ने सङ्केत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । 

सरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको घोषणामा युएईले आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक प्राथमिकताअनुसार पछिल्लो कदम चालिएको उल्लेख गरेको छ । युएईले ओपेकबाट बाहिरिएपछि पनि जिम्मेवार ऊर्जा उत्पादकका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । 

सन् १९६७ मा अबुधाबीमार्फत पहिलो पटक ओपेकमा प्रवेश गरेको युएईले सन् १९७१ मा स्वतन्त्र राष्ट्र बनेपछि पनि सङ्गठनमा आफ्नो सदस्यता कायम राख्दै आएको थियो । 

विशेष गरी छिमेकी साउदी अरबसँगको सम्बन्ध पछिल्ला वर्षहरूमा चिसिँदै गएको सन्दर्भमा यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्