ज्ञानको ढोका

स्वार्थिभाव, कुटिलता, राग-द्वेष अनि,
कपट,दम्भ,ईर्ष्या, निन्दा, घमण्डलाई पनि,
लोभलालचा र वासना, चाकल-चुक्लि निन्दा,
आदि सबै त्याग गर्नु सत् चित्तको धन्दा ।।१।।

निष्कलंक,निर्दोष र निष्पाप निर्मल गरी,
चित्तलाई शुध्द राखे मिल्नेछन श्रीहरि ।
श्रध्दा, भक्ति र प्रेमले रहे ब्रह्म निष्ट,
सुख-शान्ति सधैं मिल्छ दुस्ख हुन्छ नष्ट ।।२।।

काम, क्रोध, लोभ, मोह अनि स्वार्थ भावका,
विषयका भोगीहरु हुन्छन् दुषित मनका ।
मनै त हो ठुलो शत्रु सबको नाश गर्ने ,
हत्या, हिंसा, वलत्कार जस्ता कर्म गर्ने ।।३।।

बुध्दि विवेक प्रयोग गरे ज्ञानको भोक जाग्छ,
योग ध्यान धारणाले मनको शत्रु भाग्छ ।
तब हुन्छ शुध्द मन, स्वस्थ जीवन,
ज्ञान्को ढोका खुलेपछ, जाग्छ चेतन ।।४।।

पातन्जल योग समिति नेपालका उपाध्यक्ष एवम वरिष्ठ योग गुरु रामनाथ अधिकारी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)