‘जातजाति र सङ्घीयता कति ठीक कति बेठिक’ पुस्तक सार्वजनिक

काठमाडौँ, ७ कार्तिक । लेखक पदम श्रेष्ठको ‘जातजाति र सङ्घीयता कति ठीक कति बेठिक’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ ।

नेवाः जातीय महासङ्घद्वारा राजधानीमा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित चियापान समारोहमा १८ वटा नेवार सङ्घ सङ्गठनका अगुवाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा लोपोन्मुख, अति सिमान्तकृत, सीमान्तकृत, सुविधा बञ्चित र उन्नत समुहबारे चर्चा गरिएको छ । देशको विभिन्न जातिय पहिचान, मुल थलो, पहिचान धर्म वर्गको परिचयसहित प्रकाशित पुस्तकले संविधानमा उल्लेख अधिकारको कार्यान्वयनको लागि जनमानसमा जागरण फैलाउने लेखक पदम श्रेष्ठले बताउनुभयो ।

पुस्तकमा लेखकले नेपालको सन्दर्भमा सङ्घीयताबारे विभिन्न जातिय आन्दोलनमा संलग्न अग्रज अधिकारवादी तथा सम्वन्धीत समुदायका अगुवासँगको अन्तरवार्तासहित जातजातिका बारे मिहिन ढङ्गले गरेको अध्ययन समेट्नुभएको छ । उहाँका यस अघि नेपाल धर्म, नेवार, नेपाल मण्डल सम्पदालगायत जातीय परिचय, संस्कार, कलाबारे पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)