भक्तपुरमा बिस्केट जात्रा स्थगित

भक्तपुर, २३ चैत । कोभिड १९ संक्रमण फेरि बढेको भनदै  भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो । बैठकले गत वर्ष जस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो ।

जात्रामा भक्तजनको भीड हुने यसले संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय बैठकले गरेको हो । बैठकमा भक्तपुर जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति