ताबिन बाँस्कोटाले लेखे अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’

काठमाडौँ, १५ चैत । विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बाँस्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्—‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ ।

काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिङ्गटन कलेजबाट ए लेवल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाडौँ कलेज अफ म्यानेजमेण्टबाट केही महिनाअघि बिबिए उतिर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन् । विभिन्न विषयका पुस्तक प्ढन रुचि राख्ने युवा बाँस्कोटाले पहिलोपटक सहयोगी पुस्तिका लेखेका हुन ।

विशेष गरि निम्न माद्यमिक र माद्यमिक तहमा अध्ययन गरिराखेका विद्यार्थीहरुको अंग्रेजी लेखन सिलसिलेवार नहुने गरेको, प्रश्न एउटा जवाफ अर्काे हुने गरेको, लेख्न खोजिएका र लेखिएका विषय प्रष्ट र पुरा नहुने गरेको कारणले सहयोगी पुस्तिकाको खाँचो देखेर पुस्तिका लेखिएको बास्कोटाले बताए ।

सानै कक्षादेखि यस्तो खालको सहयोगी पुस्तिकाको आवश्यकता भएतापनि नेपालको विद्यालयमा ६ कक्षादेखि लागु गर्न सकिने लेखकको दावी छ । काव्य स्कूल नयाँबानेश्वरमा सूचना प्रविधि र लेखनकला विषयमा अध्यापन गर्दै आएका बास्कोटाले विद्यार्थीहरुमा अंग्रेजीमा सजिलैसंग कुराकानी गर्नसक्ने क्षमता भएतापनि अंग्रेजी लेखनमा अझै पनि कमीकमजोरी देखिएकोले सो पुस्तिकाको आवश्यकता परेको बताउँछन् ।

पठन र लेखनमा समेत विद्यार्थीलाई सहयोग पुगोस भनेर नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा समेत सहयोगी सामग्रीको रुपमा उनको यो सहयोगी पुस्तिका लाई लिन सकिने बताईएको छ । यसको साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक पर्ने परीक्षा आई.ई.एल.टि.एस र एस.ए.टि (IELTS, SAT) को लागि समेत सो पुस्तिका सहयोगी हुने जनाईएको छ ।

बदलिँदो समय अनुसार इमेल, इन्टरनेटजस्ता अनलाईनहरुमा औपचारिक पत्र लेख्ने कलादेखि विद्यार्थीहरुलाई पावरप्वाइन्ट प्रिजेन्टेशन, ग्राफिक अर्गनाइजेशन र विचार आदानप्रदान गर्नको लागि समेत सो पुस्तिकाले सहयोग गर्नेछ । लेखक बास्कोटाको पहिलो कृति ‘राइट वेल’लाई नेदरल्याण्डस्को सरकारी पाठ्यक्रम निर्माता मार्लिन स्पिरिङ्ग र अमेरिकी शिक्षावीद् कृष्टिन हर्कट, जर्मनीकी शिक्षावीद् सिलिया नरिङ्गले समेत शुभकामना सन्देश पठाएर हौसला दिएका छन् ।

झापा स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी भिलेज, नैकाप बस्दै आएका युवा लेखक बास्कोटाले आफ्नो पहिलो कृति स्वर्गीय आमा बिष्णुकुमारी राई बास्कोटाप्रति समर्पित गरेका छन् । युवा लेखक बास्कोटा काव्य स्कुल नयाँबानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा र स्व.विष्णुकुमारी राई बास्कोटाका जेठा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021