कविता ‘नेपाली छोरी’

आज महिला राष्ट्रपति भएको देशमा
छोरी भएकोमा गर्भसाथ हिड्ने बेला
दिनानुदिन डर र त्रास मनमा लिई
पर्दैछौं हत्यारा र बलात्कारीको फेला

आँखामा सपना, मनमा खुसी बोकी हामी छोरी
यस्तो असुरक्षित समाजमा बाँच्नु कसो गरी ?
दिनदिनै गर्दैछौं कस्तो आयो समय फेरी ?
बलात्कारीबाट बाँच्नु कसो गरी ?

हामी छोरी जाने कहाँ ? विश्वास कसलाई गर्ने ?
सरकार हाम्रो सुरक्षाको लागि केही गर्ने कि नगर्ने ?
हामी छोरीहरु गर्भमा त सुरक्षित छैनौं
एक चोटी सोच्नुस् त ! हामी तिम्रै आमा हैनौं ?

सतीप्रथा, देउकीप्रथा, छापडीप्रथा त सहेको नै थियौं
विन्ति छ, अब बलात्कार सहन सक्दैनौं
छोरीलाई न्याय त लिखितमा मात्र दियौं
अहिलेसम्म त अन्याय सहयौं, अब सक्दैनौं

दिनदिनै पर्ने पर्ने कति पिडा छ हामीलाई
यस्तो पाप गर्दा आमाको याद आएन तिमिलाई
यस्तै हो भने भगवान छोरी जातीलाई मासिदेउ
सक्दैनौं भने यी पापी बलात्कारीहरुलाई फाँसी देउ

आशिका तामाङ
मेची क्याम्पस, झापा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ