महिला आयोगद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ, १४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ ।

राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा विहीवार आयोजित बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय महाविद्यालयकी करुणा बुढाथोकी, तेस्रो विश्वामित्र विद्यालयको समिर गिरी र सैनिक आवासिय महाविद्यालयकै सौरभ पौडलले सान्त्वना पुरस्कार जित्नुभएको हो ।

भुजेल, बुढाथोकी, गिरी र पौडेलले नगद पुरस्कार क्रमशः बीस हजार, पन्ध्र हजार, दशहजार र पाँचहजार जित्नुभएको छ । काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट एक छात्र र एक छात्रा गरी २२ विद्यार्थीको सहभागिता थियो । सहभागीलाई छ मिनेट बोल्ने समय दिइएको थियो ।

विजेता विद्यार्थीहरुलाई आयोगको १९ औं वार्षिकोत्सव फागुन २३ पुरस्कृत गरिने आयोगका अध्यक्ष कमला पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमका निर्णायक मण्डलमा पत्रकार बविता बस्नेत, डा. बिन्दु शर्मा र , उपप्रध्यापक, रत्नराज्य क्याम्पसका उपप्राध्यापक ऋतुराज भण्डारी रहनुभएको थियो ।

कार्यक्रम विद्यार्थी निकेतन, महेन्द्र बौद्ध मावि, टिका विद्याश्रम, कोटेश्वर सरस्वती मावि, चाँंगुनारायण मावि, पद्मकन्या उच्च मावि, जन विकास मावि, सैनिक आवसीय महाविद्यालय बागेश्वरी उच्च मावि, मदन स्मारक उच्च मावि, विश्वामित्र गणेश माविका विद्यार्थीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ