विश्व बैंक र एडीबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारकाे निर्णय

काठमाडौँ, २४ मंसिर । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सोही आयोजनाका लािग १० मिलियन डलर (१ अर्ब १९ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । उता, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । काठमाडौँबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा

काठमाडौँ, २४ फागुन । सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम  अभाव  भएको भन्दै थप बजेट माग गरेको छ ।   

काठमाडौँ, २४ फागुन । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै

काठमाडौँ, २४ फागुन । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021