काठमाडौँ, १४ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजारमा २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





