राता मान्छे र म

सुनसान गल्ली
एक अपरिचित मान्छेको
अपरिचित मुस्कान
उ मुस्कुराई रहेको छ
परिचितझैँ बनेर ।

उसका सचेत आँखा
बेला बेलामा
चारैतिर दौडिरहेको छ।

उ मिठो लवजमा बोल्छ
हात अगाडी बढाउछ
र रातो अभिवादन भन्छ ।

म एकटक हेरिरहन्छु
कतै परिचित नै हो कि
भनेर सम्झने प्रयास गर्छु ।

उ फेरि मुस्कुराउछ
आफू मेरो लागि अपरिचित
भएको खुलेर भन्छ ।

उसको परिचय मान्छु
म हतार हतार
आफ्नो परिचय दिन्छु ।

उसले मलाई चिनेको बताउँछ
आफु क्रान्तिकारी भएको
रातो मान्छे भएको बताउँछ ।

त्यसपछि उसले मसँग
माक्र्सवादको कुरा गर्छ
लेलिनवादको कुरा गर्छ
माओवादको कुरा गर्छ
जातीय विभेदको कुरा गर्छ
धार्मिक विभेदको कुरा गर्छ
लैङ्िगक विभेदको कुरा गर्छ
परिवर्तनको कुरा गर्छ
त्याग बलिदानको कुरा गर्छ
युद्धको मैदान सहभागिताको कुरा गर्छ
शहिदको कुरा गर्छ
सुन्दर सपनाको कुरा गर्छ
र एउटा सुखद भविष्यको खोजिमा
हतियार बोकेर हिड्ने कुरा गर्छ
मलाई फकाउने हरसम्भव प्रयास गर्छ
फकाउन असफल हुन्छ ।

त्यसपछि उसको र मेरो
भेट कहिले भएको छैन
तर आज एक्कासि
स्मृतिको गहिराईबाट
यो सबथोक सम्झिरहेको छु
कहाँ होला त्यो क्रान्तिकारी रातो मान्छे
क्रान्तिकारी युद्ध मोर्चाको योद्धा ।

म रातो मान्छे
नभएकोमा गर्व गरु
वा हीनताबोध
अन्यौलमा छु ।

प्रकाश पौडेल 

गुलरिया, ०४ बर्दिया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ