विदेशबाट दुई सय ६० नेपाली आज स्वदेश फर्किए

काठमाडौँ, १३ भदौ । विदेशमा अलपत्र दुई सय ६० जना नेपाली आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको छ । त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट एक सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । थप नेपालीको उद्धारका लागि आज राति नेपाल एअरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०