काठमाडौँ, ३ भदौ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





