माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशनबीच व्यवसायिक सम्झौता

काठमाडौँ, २ भदौ । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशन बीच एसोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बारका महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौतापछि नेपाल बार एसोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथाअन्य बैंङ्किङ सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको