एनआईसी बैंकको क्रेडिट कार्डबाट शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री खरिद गर्न सकिने

काठमाडौँ, २९ साउन । अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ । यस योजनामार्फत ग्राहक महानुभावहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधा ल्याएको छ ।

यस बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा.लि, इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा.लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा.लि. लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ । जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरिद गर्न सकिने छ ।

अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहक महानुभावहरूले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम रू। ३० हजार देखि अधिकतम रू। ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिनेछ । समय अनुरुप ग्राहकमैत्री योजनामार्फत सेवा प्रदान गरिरहेको यस योजनाबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सकिनेछ । बैंकका ग्राहक महानुभावहरूले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गर्न सकिने बैंकले जनाएको छ ।

यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई Delivery Order दिनेछ । Delivery Order प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहक महानुभावहरूले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका साथै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिटरक्रेडिट)हरू मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021