काठमाडौँ, २९ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





