नेप्से परिसूचक १ दशमलव २९ अङ्कले घट्यो

काठमाडौँ, २२ साउन । धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक बिहीबार १ दशमलव २९ अङ्कले घटेको छ ।

नेप्से परिसूचक घटेर १३ सय ८१ दशमलव ३७ अङ्क‍मा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज बैंक, व्यापार, होटल, जलविद्युत्, अन्य, माइक्रोफाइनान्स र म्युचल फण्डका उपसूचक घटेका छन् । होटल, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र जीवन बीमा समूहका उपसूचक भने बढेका छन् । बिहीबार दिनभर ९२ करोड नाै लाख रुपैयाँ बराबरका २३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ११ करोड १८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएको दिन महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले