ग्लोबल आइएमई बैंकद्वारा थप दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, २१ साउन । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी दुई शाखारहित बैंकिङ्ग सेवा सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २०३ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले