काठमाडौँ, १५ साउन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि छापावाला सुन बढेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





