काठमाडौँ, १४ साउन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटकों छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





