कर्णालीका ६ हजार छोरीको बैङ्क खाता

काठमाडौँ, १० साउन । कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार ९४५ छोरीको बैङ्क खाता खोलिएको हो ।

सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सबैभन्दा बढी दैलेखमा एक हजार ३१७ छोरीको बैङ्क खाता खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतमा ७२३, सल्यानमा ७०६, रुकुम पश्चिममा ८५२, जाजरकोटमा ५५३, डोल्पामा १६७, जुम्लामा ५४४, कालीकोटमा ७०४, मुगुमा ३०६ र हुम्लामा ७३ छोरीको बैङ्क खाता खोलिएको छ । स्थानीय सरकारमार्फत सरकारले छोरीको बैङ्क खाता खोलिदिने गरेको हो ।

गत आर्थिक वर्षमा सरकारले कर्णालीमा जन्मिने छोरीको बैङ्क खाता खोल्न तीन करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये दुई करोड ८४ लाख रुपियाँ मात्रै खर्च भएको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न देशभर बन्दाबन्दी भएपछि उक्त कार्यक्रम प्रभावित बनेको थियो । गत आर्थिक वर्षमा धेरै छोरीको खाता खोल्न छुटेकाले आगामी भदौ ५ गतेसम्म खोलिसक्ने गरी कार्यविधि संशोधन गरिएको ज्ञवालीले बताउनुभयो । बन्दाबन्दीले असर गरे पनि यसलाई यसवर्ष प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले